कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते

175

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपनि कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन तालिकाअन्तर्गतका केही काम प्रभावित भइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...