कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त दश वर्षपछि पक्राउ

178

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई दश वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका–१ का ३६ वर्षका विजु भनिने विजय तामाङ रहेका छन् ।

प्रहरीका अनुसार विजय सहित ८ जनाको समूहले २०६६ साल पुस २ गते २४ वर्षीय स्थानीय राजिन वनेमलाई वर्खान्तमा बोलाएर धारिलो हतियारले प्रहार गरी हत्या गरेका थिए ।

उनलाई जिल्ला अदालत ताप्लेजुङले २०७६ साल जेठ २६ गते दोषी ठहर गर्दै २० वर्ष कैद हुने फैसला गरेको थियो । घटना पश्चात विजय विदेशमा समेत बसेको र फर्किएर विभिन्न ठाउँमा लुकेर बसेको पाइएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...