मन्त्री गिरीद्वारा पर्साचौराहा–लोहखडिया सडकको शुभारम्भ

131

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीको उत्तरी प्रवेशमार्ग पर्साचौराहा–लोहखडिया खण्डको सडकको सोमबारदेखि शुभारम्भ भएको छ । लुम्बिनी गुरु योजना अन्तर्गतको पर्साचोक देखि लोहखडिया चोक सम्मको १६ सय मिटर सडकको सोमबार लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्घाटन गरे । सोही अवसरमा मन्त्री गीरीले पर्साचोक र लोहखडिया चोकमा निर्माण हुन लागेका दुई आकर्षक प्रवेशद्धारको शिलन्यास पनि गरे ।

कार्यक्रममा मन्त्री गिरीले लुम्बिनी विकास कोषको गुरुयोजना सम्पन्न गर्नको लागि संघीय सरकार सकारात्मक रहेकोले चाँडै सम्पन्न हुने बताए । उनले प्रदेश सरकारले लुम्बिनी क्षेत्रमा चक्रपथ निर्माण गरी व्यवस्थित गर्न सहयोग गर्ने बताए ।

नेपाल सरकारले लुम्बिनी गुरुयोजना पुरा गर्नका लागी चासो देखाएको हुनाले बजेट अभाव नहुने कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठीले बताए । जनतालाई प्राथमिकतामा राखी लुम्बिनीलाई फलफूल क्षेत्रको रुपमा विकास गरिने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...