पछिल्लो २४ घन्टामा थप २,८१७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

128

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप दुई हजार ८ सय १७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पिसिआर परीक्षण भएको थियो । योसँगै हालसम्म १५ लाख ४० हजार ७७ पिसिआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

हालसम्म देशभर कोरोना संक्रमितको कूल सङ्ख्या एक लाख ९४ हजार ४ सय ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ५ सय ३३ जनामा कोरोनाका संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंमा एक हजार २ सय ९४, ललितपुरमा १ सय ६२ र भक्तपुरमा ७७ जना रहेका छन् ।

आइतबार देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ । उनका अनुसार गत बिहीबारदेखि आइतबारसम्मको विवरणमा ४५ हजार ९ सय ५५ पिसिआर परीक्षण भएको छ । त्यसमध्ये जम्मा ११ हजार ५ सय ३० परीक्षण नतिजा पोजेटिभ आएको छ । उक्त अवधिका डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ९ सय ४८ छ भने मृत्यु हुनेको सङ्ख्या ७४ रहेको छ । आइतबार संस्थागत आइसोलेसनमा ६ हजार २ सय २२ र १ सय ९३ र होम आइसोलेसनमा २९ हजार १ सय ९७ जना रहेका छन् । देशभरका क्वारेन्टिनमा एक जार १ सय ४९ रहेको छ ।

थप २१ को मृत्यु
गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै मृतकको कूल सङख्या एक हजार १ सय ८ पुगेको छ ।आइसियूमा उपचारत क्रमशः प्रदेश नम्बर १ मा ४५, प्रदेश नम्बर २ मा ७, बागमती प्रदेशमा १ सय ८०, गण्डकी प्रदेशमा ८९, लुम्बीनी प्रदेशमा ५७, कर्णाली प्रदेशमा ५ र १५ गरी जम्मा ३ सय ९८ जना रहेका छन् । भेण्टिलेटरमा जम्मा ८२ जना उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार ८ सय १२ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने संख्या एक लाख ५७ हजार ९ सय २६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेदर ८१ दशमलव १ प्रतिशत रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित संख्या रहेको जिल्लामा झापा, मोरङ सुनसरी, काभ्रेपलान्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की नवलपरासी पूर्व (रुपन्देही) र दाङ रहेको छ । शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...