गण्डकीमा चालकसँग एक मिनेट कार्यक्रम सुरु

131

पोखरा । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रमअन्तर्गत ‘चालकसँग एक मिनेट कार्यक्रम’को सुरुवात गरेको छ । ट्राफिक प्रहरीले सम्भावित दुर्घटना न्यूनिकरणका लागि चालकसँग एक मिनेट कार्यक्रम सुरुवात गरेको प्रदेश ट्राफिक कार्यालयका निमित्त प्रमुख मनोजकुमार शाहीले जानकारी दिए ।

बन्दाबन्दी खुकुलो भएसँगै चाडबाडको समयमा सवारीसाधनको चाप बढ्दै जाँदा दुघर्टना बढ्नसक्ने अवस्थालाई ध्यान दिएर आजदेखि पोखरा महानगरपालिका वडा नम्बर १० औद्योगिक क्षेत्र गेट अगाडिबाट उक्त कार्यक्रमको सुरुवात गरिएको शाहिले बताए ।

उनका अनुसार प्रदेशका सडकमा गुड्ने गाडीलाई ट्राफिकले रोक्ने छ नमस्कार गरेर चालकलाई कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, सिट बेल्ट, हेल्मेटको प्रयोग गर्नेबारे सचेत गराएर छाडिनेछ । कोरोनाको जोखिमको प्रदेशभित्रका ११ वटै जिल्ला ट्राफिक कार्यालय र ५३ अस्थाई ट्राफिक पोष्टहरुले एक महिनासम्म यो कार्यक्रम सञ्चालन हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...