मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

193

भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थलसम्मको कालोपत्र सडकको आइतबार उद्घाटन गरेका छन् ।

जिल्लामा पहिलो पटक आस्पाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु १६ करोड ९२ लाख लागतमा सो सडक कालोपत्र गरिएको हो । रायामाझी–जगदम्बा–मार्सेली जेभिले निर्माण गरेको यो सडकको लम्बाइ पाँच किलोमिटर रहेको छ । कालोपत्रको मोटाइ चार सेन्टिमिटर भएको जनाइएको छ । मुख्यमन्त्री राईले २०७६ वैशाख ७ गते उक्त सडकको शिलान्यास गरेका थिए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको रु पाँच करोड दुई लाख ६८ हजार लागतमा निर्माण हुने भोजपुर सभाहल र रु तीन करोड लागतमा बन्न लागेको यलम्बर सभाहल र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको उद्घाटन समेत गरेका छन् । यस कार्यालयले भोजपुर र संखुवासभालाई सेवा दिने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...