राष्ट्रपति भण्डारी र प्रम ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसलाई बधाई
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेकी छन् ।
आइतबार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा @JoeBiden तथा उपराष्ट्रपति निर्वाचित हुनुभएकोमा @KamalaHarris लाई हार्दिक बधाई ! उहाँहरूको कार्यकालमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको छु ।
— Bidya Devi Bhandari (@PresidentofNP) November 8, 2020
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकामा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरे ।
Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) November 8, 2020