घुस लिएको अभियोगमा इञ्जिनियरसहित दुई पक्राउ

147

त्रिशुली । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार बट्टार बजारबाट पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पु¥याउने बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई अख्तियारले पक्राउ गरेको हो ।

अख्तियारका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई बट्टार बजारस्थित एक होटलबाट पक्राउ गरिएको हो । सेवाग्राहीसँग रकम माग गरेको अडियो रेकर्ड, घटनास्थलमा गरिएको ‘रङ्गेहात परीक्षण’ र अख्तियारमार्फत सेवाग्राहीले दिएको रु ७५ हजार बरामद भएसँगै ‘घुस रिसवत् भ्रष्टाचार’ मुद्दामा कारबाहीका लागि उनीहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकालाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले कारबाहीका लागि विशेष अदालतबाट हिरासतमा राख्न म्याद लिएर अनुसन्धानपश्चात मुद्दा दायर गर्ने जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...