चीनको वैदेशिक व्यापार ४ दशमलव ६ प्रतिशतले बढ्यो

402

बेइजिङ, सिन्ह्वा । यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार यहाँको भन्सार प्रशासनले गत वर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको जनाएको हो ।

अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि आएको देखिएको सो प्रशासनले जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

त्यसैगरी चीनको निर्यात बजारमा पनि वृद्धि भएको पनि सो समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले वृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...