कोरोना संक्रमणबाट अस्पतालको ल्याबमा कार्यरत २५ वर्षीया युवतीको मृत्यु

127

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ल्याबमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका-६ की २५ वर्षीया युवतीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

ती युवतीको गएराति नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको नगर प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए । कात्तिक १३ गते कोरोना पुष्टि भएपछि उनको उपचार सुरु गरिएको थियो ।

युवती दुधेस्थित एक स्वास्थ्य संस्थाको ल्याबमा कार्यरत थिइन् । उनमा कुनै दीर्घरोग नभएको परिवारका सदस्यले बताएका छन् । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा कार्यरतहरुमा तीव्ररुपमा कोरोना संक्रमण फैलिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...