अमेरिकी निर्वाचन : बाइडेनको अग्रता, महत्वपूर्ण राज्यहरूको परिणाम पर्खिइँदै

252

वासिङ्टन । केही प्रतिस्पर्धा रहने भनिएका स्थानहरूको मतगणना पूरा हुँदासम्ममा अमेरिकी राष्ट्रपतिको प्राथमिक निर्वाचनको नतिजा शुक्रबार बिहान सन्तुलित अवस्थामा आएको छ ।

अमेरिकी नेटवर्क प्रक्षेपणका अनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले आफूलाई विजय हुन आवश्यक पर्ने २ सय ७० इलेक्ट्रोरल भोटमध्ये कम्तीमा २ सय ५३ भोट हाँसिल गरेका छन् । परिणाममा एरिजोना समावेश गर्दा बाइडेनलाई कम्तीमा २ सय ६४ मत प्राप्त हुने फक्स न्यूज र एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेका छन् ।

राष्ट्रपति तथा रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अहिलेसम्म २ सय १४ भोट प्राप्त गरिसकेका छन् भने अझै केही राज्यमा रिपब्लिकन पार्टीको पक्षमा मतदान भएको प्रक्षेपण गरिएको छ । जसका कारण रिपब्लिकन पार्टीले आफ्नो विजय दावी गरिरहेको छ ।

रिपब्लिकन पार्टीको मजबुत अवस्था रहेको भनिएका धेरै स्थानहरूमा अहिले निर्वाचनसम्बन्धी विषयलाई लिएर विवाद भएको पनि बताइएको छ ।

बिहीबार रातभरको मत गणनापश्चात बाइडेनलाई दक्षिणपूर्वी जर्जियामा १६ भोट आएको छ साथै यसका कारण निर्वाचनमा बाइडेनको निर्वाचन थप बलियो बनेको विश्लेषकहरूले बताएका छन् ।

नाभाडा
बाइडेनलाई नाभाडामा छ मत प्राप्त भएमा उनलाई अमेरिकी नेतृत्वका लागि बाटो सहज हुनेछ तर यसका साथै उनले अरिजोनाबाट जित्नु आवश्यक छ । करिब ८९ प्रतिशत मत गन्दासम्ममा पश्चिमी राज्य मेक्का लस भेगासमा बाइडेनले ११ हजार ५ सय मतसहित अग्रता कायम गरेका छन् ।

उत्तरी क्यारोलिना
उत्तरी क्यारोलिनामा रहेका १५ इलेक्ट्रोरल भोटका लागि भएको निर्वाचनमा ९५ प्रतिशत मत गणना हुँदासम्म ७७ हजार मतका साथ राष्ट्रपति ट्रम्पले अग्रता लिएका छन् । उनलाई करिब ५० प्रतिशतको हाराहारीमा मत परेको छ भने बाइडेनले ४८.६ प्रतिशत मत पाएका छन् ।

दक्षिणपूर्वी यो राज्यमा ट्रम्पको पक्षमा बहुमत देखिएको छ तर निर्वाचनको दिनभन्दा पहिल्यै मेलबाट गरिएको मतदानको नतिजा सार्वजनिक हुन नोभेम्बर १२ गतेसम्म पर्खिनुपर्ने हुन्छ ।

जर्जिया
जर्जियामा बाइडेनमाथि ट्रम्पको प्रारम्भिक अग्रता द्रूत गतिमा खस्किएको देखिएको छ किनभने डेमोक्रेटिक पार्टीको प्रभाव क्षेत्रहरूको मतगणना जारी रहेको छ । पूर्व उप–राष्ट्रपति बाइडेन अहिले अलि अगाडि छन् । ९८ प्रतिशत मत गणना हुँदासम्म बाइडेनको पक्षमा ४९.४ प्रतिशत मत आएको छ भने एक हजार ९६ मतले बाइडेनको अग्रता कायम रहेको छ ।

जर्जियामा सन् १९९२ मा बिल क्लिन्टनलाई विजय गराएपछि अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिकको पक्षमा मत परिणाम आउन सकेको छैन ।

१६ इलेक्ट्रोरल भोट भएको जर्जियाले बाइडेन लाई २ सय ७० भन्दा तल वा थोरै माथि पु¥याउने छ तर यसका लागि पनि अरिजोनाको नतिजा बाइडेनको पक्षमा आउन आवश्यक छ ।

पेन्सिलभेनिया
पेन्सिल्भेनियाको सबैभन्दा ठूलो पुरस्कार अर्थात् २० निर्वाचन मतमा ट्रम्प हाल अग्रणी छन्, तर गणना गर्न बाँकी फिलाडेल्फियाजस्ता बहुमत क्षेत्रहरू डेमोक्रेटिकका झुकाव क्षेत्र मानिन्छन् ।

पेन्सिल्भेनियामा ९५ प्रतिशत मत गणना हुँदासम्म ट्रम्पको अग्रता मात्रै १८ हजार मतमा कायम भएको छ ।

बाँकी क्षेत्र बाइडेनको पक्षमा आउने अनुमान गरिएको छ यद्यपि प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।

एरिजोनामा ९० प्रतिशत मत गणना हुँदासम्म ४७ हजार बढी मतको अग्रतासाथ बाइडेनलाई ५०.१ प्रतिशत मत प्राप्त भएको छ भने ट्रम्पलाई ४८.५ प्रतिशत मत प्राप्त भएको छ ।

निर्वाचनको मतगणना हेरेर अमेरिकी समाचार संस्थाहरू सिएनएन र एनबिसी निर्वाचन यसैको पोल्टामा पर्छ भन्ने अनुमान गरिहाल्न नमिल्ने बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...