कोरोना संक्रमणबाट झापामा ५८ जनाले ज्यान गुमाए

165

झापा । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको सङ्ख्या ८ सय ९३ रहेको जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४ सय ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३ सय ६२ जना संक्रमित छन् । तीमध्ये निको भएर एक हजार ४ सय ४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए । उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र संक्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५ सय ५८ कोडिभ–१९ का संक्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् ।

पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २ सय ९२, मेचीनगरमा २ सय ७८, विर्तामोडमा ३ सय ८७, कनकाईमा १ सय ४१, अर्जुनधारामा ८४, गौरादहमा १ सय ३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १ सय ४८, कमलमा १ सय ५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाईँले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...