कलैया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
मन्सुरलाई ज्वरो, खोकी लागेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिए ।
उनलाई हेलिकप्टरबाट काठमाडौंस्थित मेडिसेन्टरमा उपचारका लागि पठाइएको कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए । उनको उपचार वीरगञ्जस्थित एडभान्स अस्पतालमा भएको थियो ।