कोरोना अपडेट : फिदिममा थप १४ जना संकमण पुष्टि, चार जना कोरोनामुक्त

196

फिदिम । पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्ट्रयाक ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा संक्रमण देखिएको हो । फिदिमका ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा पाँच जना महिलासहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा तीन जना बन्दीसमेत रहेका छन् ।

बुधबार आएको रिपोर्टमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, महासचिव नवराज घिमिरेसहित स्थानीय व्यवसायीमा संक्रमण देखिएको हो । अध्यक्ष नेपाल र महासचिव घिमिरे दुबैले सामाजिक सञ्जालमार्फत संक्रमण देखिएको जानकारी दिँदै सम्पर्कमा रहेकालाई सचेत रहन आग्रह गरेका छन् ।

पछिल्लो पटक फिदिमस्थित आइसोलेसनमा रहेका तीन जना र फाल्गुनन्द गाउँपालिकामा होम आइसोलेसनमा रहेका एक जना गरी चार जनाले कोरोना जितेका छन् । पछिल्लो सङ्ख्यासँगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २४ पुगेको छ । मंगलबार मात्रै मिक्लाजुङका एक जनामा संक्रमण देखिएको थियो । जिल्लाको मिक्लाजुङ गाउँपालिका तथा सदरमुकाम फिदिममा समुदायस्तरमा संक्रमण देखिए पनि पछिल्लो पटक ठूलो सङ्ख्यामा संक्रमित थपिएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...