ट्रम्पलाई फ्लोरिडामा महत्वपूर्ण सफलता, मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छु : ट्रम्प

127

वासिङ्टन, एएफपी । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ ।

तर राष्ट्रपतिका दुबै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गरेका छन् ।

करोडौँ मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गरे । उनले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जाने पनि बताए ।

उनले भने, “साँच्चिकै भन्नुपर्दा चुनाव हामीले जितिसक्यौँ । चुनावमा धाँधली भएको पाइएको छ, र यो हाम्रो मुलुकका लागि निकै दुःखद पक्ष हो ।” उनले आफूले चुनावी नतिजाको विषयलाई लिएर सर्वोच्च अदालतमा चुनौती दिने पनि बताए ।

उनले चुनावमा सहयोग गर्ने परिवारका सदस्य तथा मतदानमा भाग लिने जनता सबैलाई धन्यवाद दिए ।

राष्ट्रपति ट्रम्पले चुनावमा आफू विजयी भइसकेको भनी गरेको दाबीलाई रिपब्लीकन पार्टीकै कतिपय वरिष्ट सदस्यहरुले अपरिपक्व भनाइ भन्दै ट्वीट गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...