पूर्वसभामुख महराकी पत्नी सीताको कोरोना संक्रमणबाट मृत्यु

172

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महाराको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत महराको बुधबार बिहान ६ः२५ बजे मृत्यु भएको हो ।

दसैँमा रोल्पा मेबाङ गएको बेला स्वस्थ्यमा समस्या आएपछि उनलाई दाङस्थित गोर्खा अस्पतालमा भर्न गरिएको थियो । शरीरमा अक्सिजनको मात्रामा कमी आएपछि र निमोनिया पनि देखिएपछि उनलाई गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

नर्भिक अस्पतालमा भर्ना भएकी महराको पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । उनलाई १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा उनको बुधबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...