युएइका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

260

अबुधाबी । युनाइटेड अरब इमिरेट्स (युएइ) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन् ।

प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्बिर ट्वीटर मार्फत सार्वजनिक गरेका थिए ।

उनले ट्वीटरमा युएइका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताएका छन् ।

केही साताभित्रै युएइका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन् ।

युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ ।

तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...