सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द

258

कास्की । प्रतिनिधिसभाका सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उनको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ ।

महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व केसीका सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ । विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित उनले पोखराको विकासमा पु¥याएको योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका सांसद केसीको यही कात्तिक १७ गते राति १०ः३० बजे ६३ वर्षका उमेरमा आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...