कोरोना संक्रमणबाट बिपी प्रतिष्ठानमा कार्यारत स्वास्थ्यकर्मीको मृत्यु

285

धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यारत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिष्ठानको आकास्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सप्तरीको महादेवा–६ घर भएका रेडियोग्राफरको दिसा पातलो हुने, ज्वरो आउने लगायतको समस्या भएपछि आजै अस्पतामा भर्ना गरिएको थियो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठकाअनुसार दिउँसो एक्कासी श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कुनै रोग नभएका उनलाई मृत्युपश्चात पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

यसअघि प्रतिष्ठानकै एक महिला कर्मचारीको मृत्यु भएको थियो । यससँगै प्रतिष्ठानमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...