भारतमा संक्रमितको संख्या ८१ लाख ८४ हजार नाघ्यो, १ लाख २२ हजार बढीको मृत्यु

164

नयाँदिल्ली, एएनआई । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय ७० जनाको मृत्यु भएको छ ।

कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७४ लाख ९१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार १ सय ११ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

भारतभरी हाल पाँच लाख ७० हजार ४ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सब भन्दा प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ १ लाख २४ हजार १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । महाराष्ट्रमा १५ लाख १० हजार ३ सय ३५ जना यस भाइरस मुक्त भएका छन् भने ४३ हजार ९ सय ११ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ९१ हजार २ सय ९७ जना सक्रिय संक्रमित रहेका र ३ लाख ४० हजार ३ सय २४ जना कोरोना मुक्त भएका छन् । एक हजार ४ सय ८४ जनाको मृत्यु भएको जनाइएको छ । तमिल नाडूमा २२ हजार १ सय ६४ जना सक्रिय संक्रिमित रहेका छन् भने नयाँ दिल्लीमा ३२ हजार ७ सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...