हत्याको अभियोगम तीन जना पक्राउ

196

सिन्धुपाल्चोक । प्रहरीले ज्यान मारेको अभियोगम तीन जनालाई पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी ३ भलायोखर्ककी ६७ वर्षीय डम्बरकुमारी कटुवाललाई मारेको अभियोगमा प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रहरीले ललितपुर महानगरपालिका ८ बालकुमारी बस्ने १९ वर्षीया ज्यास्मिन व्यञ्जनकार, १९ वर्षीया शीतल महर्जन र धादिङ थाक्रे गाँउपालिका १० केवलपुर स्थायी घर भइ ललितपुर महानगरपालिका ८ बालकुमारीमा कोठा बस्ने वर्ष १९ को सौरभ क्षेत्रीलाई पक्राउ गरेको हो ।

कटुवालको शव यही असोज २६ गते उनकै निवासमा फेला परेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...