पछिल्लो २४ घण्टामा २,२५३ जनामा कोरोना संक्रमण

123

काठमाडौं । नेपालमा दिन दिनै कोरोना संक्रमणको दर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभर संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

संक्रमितमध्ये ६४ हजार ६९ जना निको भएर घर फर्किएका छन् भने ५ सय ३५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...