बर्लिन, सिन्ह्वा । जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड संक्रमित भेटिएका समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टायता कम्तीमा पनि सात हजार जना संक्रमितहरु देखिएका हुन् ।
यहाँका अधिकारीहरुका अनुसार जर्मनीमा पछिल्ला हप्ताहरुमा कोभिडको दोस्रो लहर आएको छ । जसका कारण पहिलाको भन्दा धेरैजना जना संक्रमितहरु देखिएका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टायता यहाँ ७ हजार ३ सय ३४ जना संक्रमित थपिएका छन् । यो संख्यालाई उनीहरुले जर्मनीमा महामारी सुरुभए यताकै सबैभन्दा धेरै संख्या भएको भनेका छन्
जर्मनीका स्वास्थ्य अधिकारीहरुले जर्मनीमा पहिलो पटक एकै दिनमा यति ठूलो संख्यामा धेरै संक्रमितहरु देखिएको समाचारमा जनाएका हुन् । उता बिहीबार मात्र पनि जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को संक्रमणको गम्भीर अवस्थामा रहेको बताएकी थिइन् ।
जर्मनीमा पछिल्लो समयमा कोभिड १९का संक्रमितमरु बढ्दै गएकोले उनले सो कुरा बताएकी हुन् । उनले बिहीबार पत्रकार सम्मेलनमा भनेकी थिइन् –हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ ।
उनले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका संक्रमितहरु बढ्दै गएका र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको छ भनेकी थिइन् ।
तर पनि अहिलेको अवस्थामा जर्मनीले लकडाउन गर्न सक्ने अवस्थामा भने नरहेको पनि उनले स्पष्ट गरिन् ।आर्थिक हिसाबले पनि अर्को पटकको लकडाउनको अवस्थामा जान नसकिने र यही खुला रहेकै अवस्थाबाट नै उपचारका विधिहरु तय गर्नुपर्नेमा यहाँका अधिकारीहरुले जोड दिँदै आएका छन् ।
जर्मनीमा अहिलेसम्ममा तीन लाख ४८ हजार ५ सय ५७ जना संक्रमित भएका छन् । त्यसैगरी यहाँ ९ हजार ७ सय ३४ जनाको ज्यान गएको बताइएको छ । यकाँका २ लाख ८४ हजार जना संक्रमित निको भएका छन् ।