यी हुन् आइपिएलको बीचैमा कप्तानी छाडेका खेलाडीहरु

177

एजेन्सी । कोलकात्ता नाइट राइडर्सका नियमित कप्तान दिनेश कार्तिकले राजिनामा दिएका छन् । कार्तिकको स्थानमा इंग्ल्यान्ड क्रिकेट टिमका कप्तानसमेत रहेका इयान मोर्गानलाई जिम्मेवारी दिइएको छ ।

शुक्रबार कप्तानको जिम्मेवारीबाट पछि हटेको घोषणा गर्दै कार्तिकले भने, ब्याटिङमा केन्द्रित हुने र टिमको लागि थप योगदान पुर्याउने दृष्टिकोणका साथ कप्तानको रुपमा आफ्नो पदबाट हट्ने निर्णय गरे ।

१३औँ संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत कार्तिकको कप्तानीमा कोलकात्ताले ७ खेल खेलेको छ । जसमध्ये ४ मा जित र ३ मा हारसहित ८ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।

आइपिएल प्रतियोगिताको इतिहासमा सिजनको बीचमा कप्तानी छोड्ने कार्तिक पहिलो व्यक्ति भने होइन । उनीभन्दा पहिला धेरै खेलाडीले यस्तै प्रतियोगिताको बीचमा छाडेका छन् ।

२०१८ मा दिल्ली क्यापिटल्सको प्रदर्शन खराब रहेको अवस्थामा त्यस समयका कप्तान गौतम गम्भीरले बीचमै कप्तानी छाडेका थिए । उनको स्थानमा श्रेयास आयरलाई टिमको नयाँ कप्तान बनाइएको थियो । यस्तै, २०१५ मा सेन वाट्सनले पनि कप्तानी छाडेका थिए भने उनको स्थानमा अष्ट्रेलियाकै स्टेभन स्मिथलाई कप्तानीको जिम्मेवारी दिएको थियो ।

अहिलेका दिल्लीका प्रशिक्षक रिक्की पोन्टिङले पनि २०१३ मा मुम्बइका कप्तानको रुपमा जिम्मेवारी निभाएका थिए । अचानक उनले पनि सिजनको बीचैमा कप्तानीबाट पछि हटे । उनको स्थानमा रोहित शर्मालाई दिइएको थियो । यस्तै, २०१२ मा मुम्बइका दिग्गज ब्याट्म्यान सचिन तेन्दुल्करले पनि बीचैमा कप्तानको जिम्मेवारीबाट पछि हटेका थिए । उनको स्थानमा हरभजन सिंहलाई दिइएको थियो ।

यसैगरी, रोयल च्यालेञ्जर्स बेङ्गलोरका कप्तान डेनियल भिटोरीले पनि श्रीलंकाका दिग्गज खेलाडी मुथैया मुरलीधरनलाई प्लेइङ एघारमा स्थान दिनका लागि कप्तानीबाट पछि हटेका थिए । उनको स्थानमा कप्तानको जिम्मेवारी वर्तमानका कप्तान विराट कोहलीलाई दिइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...