लुम्बिनी प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत संक्रमितको मृत्यु

122

लुम्बिनी । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।

कोरोना संक्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो ।

उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा थापाले बताए । उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा थापाले जानकारी दिए । योसँगै आजसम्ममा कोरोना संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...