हातको सफाइमा सेनिटाइजर भन्दा साबुन किन राम्रो हुन्छ ? थाहा पाउनुहोस्

237

एजेन्सी । अक्टोबर १५ लाई विश्व हात धुने दिवसको रुपमा मनाइन्छ । यसको उद्देश्य मानिसहरुलाई हात सरसफाइको बारेमा सचेत गराउनु हो । कोरोना भाइरसका कारण मानिसहरु पहिलेभन्दा हातको सरसफाइका बारेमा बढी सचेत भएका छन् । मानिसहरुलाई हात धुने बारेमा बारम्बार सरसफाइ गर्न सल्लाह दिइन्छ । यद्यपि महामारीका कारण सेनिटाइजरको प्रयोग हात धुनुभन्दा बढी बढेको छ । विज्ञहरु भन्छन् हातको सफाइका लागि सेनिटाइजरभन्दा साबुनको प्रयोग राम्रो हुन्छ ।

अमेरिकाको सिमन्स युनिभर्सिटीका होम एन्ड कम्युनिटी हाइजनिक प्रोफेसर एलिजाबेथ स्कट भन्छिन्, “साबुन र पानीले हात धोएरपछि सफा तौलियाले सुख्खा बनाउनु सबैभन्दा उत्तम मानिन्छ । साबुनले हातको ब्याक्टेरिया र भाइरसहरु नष्ट गर्दछ ।” साबुनले हात धोएपछि छाला सुख्खा हुन्छ र यसले हातहरुमा किटाणु निम्त्याउँदैन र बिरामी हुने सम्भावनालाई कम गर्दछ ।

साबुनले हात धुँदाका फाइदाहरु
साबुनले तुरुन्तै जीवाणुहरुलाई मार्ने कार्य गर्दछ । खोकी र हाक्छ्यु गर्दा थोप्लाहरु कुनै पनि सतहमा वा सामग्रीमा धेरै घण्टासम्म रहन्छन् र हातहरु मार्फत तिनीहरु हाम्रो शरीरमा प्रवेश गर्दछ । साबुनले यी जीवाणुहरुको तहलाई हटाउन मद्धत गर्द, जसले उनीहरुको संक्रमण गर्ने क्षमता कम गर्दछ ।

साबुनमा एम्फिफाइल्स पदार्थ पाइन्छ जसले भाइरसलाई निश्कृय गर्दछ । स्वास्थ्य विज्ञहरु भन्छन्, “र्साबजनिक स्थानहरुमा साबुन प्रयोग गर्नु हुँदैन । साबुन केवल घरको प्रयोगका लागि राख्नुपर्दछ र छालामा संक्रमण भएका व्यत्तिलहरुले फरक साबुनको प्रयोग गर्नुपर्छ ।”

सेनिटाइजरको प्रयोग


स्वास्थ्य विशेषज्ञहरु भन्छन् सिंक सुविधा नभएका सेनिटाइजरहरु मात्र प्रयोग गर्नुपर्छ । ६२ प्रतिशत अल्कोहल भएको सेनिटाइजरले लिपिड झिल्लीलाई नष्ट गर्दछ तर ती गैर भाइरसहरु जस्तै नोरोभाइरस र राइनोभाइरसमा प्रभावकारी हुँदैनन् र साबुन जस्तो भाइरसलाई नष्ट गर्दैनन् ।

Share This:
सम्बन्धित खबर
Loading...