झापा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए ।
उनी घरकै आइसोलेसनमा बसेका छन् । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना संक्रमण भएको थियो ।
यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् ।
असोज १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।