नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको सपथ आज

135

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले हिजो बेलुकी मन्त्रिपरिषद् बिस्तार र हेरफेर गरेका थिए । प्रधानमन्त्रीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको जिम्मेवारी हेरफेर गरेका छन् । पोखरेललाई रक्षाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...