स्पेनमा कोभिडका संक्रमित फेरि बढ्न थाल्याे

242

मड्रिड, एएनआई । स्पेनमा कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित थपिन थालेका छन् । यहाँ पनि कारोना भाइरसको संक्रमणको दोस्रो वेभ आएको बताइएको थियो ।

प्राप्त समाचारअनुसार यहाँ बितेको एक हप्तामा कम्तीमा पनि सात हजार जनामा नयाँ संक्रमण देखिएको हो ।

यहाँ गरिएको परीक्षणका क्रममा सात दिनयता ७ हजार १ सय १८ जनामा नयाँ संक्रमण देखिएको हो । साथै गएको सात दिनमा यहाँ ४ सय ८० जनाको निधन भएको छ । स्पेनका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट हरेक दिन कम्तीमा पनि ८० जनाले ज्यान गुमाउन थालेको बताएका छन् ।

उनीहरुले स्पेनमा पनि यो संक्रमणको दोस्रो वेभ आएको र हिजो आज हरेक थप नयाँ नयाँ संख्यामा संक्रमितहरु भेटिन थालेका पनि बताएको छ । चीनको हुबे प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २ सयभन्दा बढी देशमा फैलिएको छ । तर सुरुमा यो संक्रमणले स्पेन र इटालीलाई निकै क्षति गराएको थियो ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यो संक्रमणका २ लाख ६८ हजार जनाभन्दा बढी संक्रमित भएको बताएका छन् । पछिल्ला महिनाहरुमा स्पेनमा यसका संक्रमितहरु निकै घटेकोमा हाल आएर बढ्न थालेका बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...