फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

236

एजेन्सी । पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको छ । पोर्चुगल फुटबल फेडेरेसनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रोनाल्डोको स्वास्थ्य अवस्था ठीक रहेको र उनमा कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ३५ वर्षीय रोनाल्डो अहिले आइसोलेसनमा छन् । उनी इटालियन क्लब युभेन्टसबाट व्यवसाहिक फुटबल खेल्छन् ।

अघिल्लो हप्ताको आइतबार उनले पोर्चुगलबाट फ्रान्सविरुद्ध नेसन्स लिग खेलेका थिए । त्यस्तै, गत शुक्रबार स्पेनविरुद्धको मैत्रिपूर्ण खेलमा पनि उनी सहभागी थिए । रोनाल्डोले नेसन्स लिगअन्तर्गत स्विडेनविरुद्ध हुने बुधबारको खेल गुमाउने जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...