अर्घाखाँची राप्ती उपत्यकाभित्रै पर्छ : आचार्य

109

अर्घाखाँची । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले राजधानी देउखुरीमा जिल्लाको शीतगङ्गा नगरपालिकाको वडा नम्बर ८ र ९ पर्ने भएकाले शङ्का नगर्न आग्रह गरेका छन् ।

प्रदेश राजधानीका विषयमा राजपत्रमा प्रकाशित कुरालाई लिएर अनेक टिप्पणी भइरहेको जनाउँदै उनले प्रदेश राजधानी बन्ने भएपछि दक्षिण खाँचीमा विकासको ढोका खोलिने बताए ।

चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय परिसरमा गरेको सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य आचार्यले भौगोलिक विकटतालगायत कारणले एकीकृत विकास योजना सम्भव नभएका बेला प्रदेश राजधानीमा जिल्ला पनि परेपछि अब विकासको ढोका खोलिएको बताए ।

देशकै ठूलो नगरपालिका शीतगङ्गा विकासमा पछाडि परेको तर अब ठूलो मेहनतले दुई वडा समेट्न सफल भएकाले विकासको ढोका खुलेको तर्क गरे ।

Share This:
सम्बन्धित खबर
Loading...