कोरोना संक्रमणबाट लमजुङका ५६ वर्षीय पुरुषको मृत्यु

191

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मंगलबार ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यही असोज १८ गते कोरोना संक्रमण भई कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा भर्ना भई उपचाररत लमजुङ, बेँसीशहर नगरपालिका वडा नम्बर २ निवासी पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सहप्रा डा अर्जुन आचार्यले जानकारी दिए ।

प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुने निज बाह्रौँ संक्रमित रहेको अस्पतालले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...