कोरोना भाइरसको संक्रमणबाट सप्तरीका वडा सदस्यको मृत्यु

199

राजविराज । सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको मंगलबार मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको छ ।

अर्बुदरोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

१० संक्रमित थप
यहाँ मंगलबार एक नेपाली सैनिकसहित थप १० जनामा कोरोना पुष्टि भएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या एक हजार ४ सय ५३ पुगेको छ । तीमध्ये एक हजार १ सय २९ घर फर्केका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...