होम आइसोलेसनमा वृद्धाको मृत्यु

167

चितवन । जिल्लामा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नम्बर १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको मंगलबार निधन भएको हो ।

ईलाका प्रहरी कार्यालय टाँडीका अनुसार असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना संक्रमण पोजेटिभ देखिएकी उनी घरमा नै आईसोलेसनमा बस्दै आएकी थिइन् ।

श्वासप्रश्वासमा समस्या देखिएको उनको मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...