बझाङमा आजदेखि नियमित हवाई सेवा सुरु

167

बझाङ । बझाङमा मंगलबारदेखि नियमित हवाई सेवा सञ्चालनमा आएको छ । झण्डै दश वर्ष बढी बन्द बझाङ विमानस्थल कालोपत्रे भएपछि मंगलबार पहिलो पटक नियमित हवाई सेवा सञ्चालनमा आएको हो ।

बझाङ विमानस्थल प्रखुम मोहन गिरीले विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परिक्षण उडान गरिएको र मंगलबारदेखि नियमीत उडान सुरु भएको बताए । मंगलबार समिट एयरले धनगढीबाट १८ यात्रु लिएर बझाङ पुगेको हो । अब हप्ताको दुई दिन र यात्रुको अवस्था हेरी उडान हुने गरी समिट एयरले सेवा दिने भएको हो ।

धनगढी बझाङ बसको यात्रा गर्दा धेरै समय लाग्ने र जोखीमपूर्ण हुने भएकोले हवाई यात्रा गर्दा खुशी भएको यात्रु प्रकाश सिहंले बताए । भाडा दर केही महङ्गो भएपनि समिट एयरले बझाङबासीको प्लेन चढ्ने धोको पुरा गरिदिएको अर्का यात्रु विराटसिहं कठायतले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...