‘बहुलाएँ म’ सार्वजनिक

375

काठमाडौं । गजल गायक तथा संगीतकार राज सागर र गजलकार एवं सञ्चारकर्मी विकास प्रहरको दोस्रो गजल ‘बहुलाएँ म’ सार्वजनिक भएको छ ।

यसअघि उनीहरुको गजल ‘रक्तलाली’ बजारमा आइसकेको छ । ‘बहुलाएँ म’को संगीत संयोजन किरण कणेलले गरेका छन् ।

म्युजिक भिडियोलाई रञ्जिता शिवाकोटीले निर्देशन गरेकी हुन् । गजल गायक राज सागरको पहिलो रेकर्डिङ्ग भएको गजल हो ।

भिडियोमा सहनिर्देशन आकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको रहेको छ। भिडियोलाई छायाँकन सुजय गौतमले गरेका छन् ।

भिडियोको सम्पादन प्रज्वलित पराजुलिको रहेको छ । भिडियोमा प्रकृति खतिवडा, आर्शु महर्जन, बिनिता पाण्डे, अरुण खड्का, सागर भट्टको अभियन रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...