बर्दघाट नगरपालिका प्रमुख शर्मालाई कोरोना संक्रमण

170

परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेसनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसिआर परीक्षणको क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहेका नगरप्रमुख बस्यालले सोमबार स्वाब परीक्षण गर्दा आफू संक्रमित भएको पुष्टि गरेका छन् ।

उनी अहिले होम आइसोलेसनमा छन् । आफूसँग सम्पर्कमा रहेकालाई सतर्क र सजग रहन आग्रह गर्दै प्रमुख बस्यालले छिट्टै कोरोना जितेर नागरिकको सेवामा फर्किने बताए । “जनताको सेवामा खटिँदै गर्दा म पनि संक्रमित हुन पुगेको छु, मलाई कुनै अफ्ठ्यारो परेको छैन, कति पनि हत्तोत्साहित नहुन म नगरवासीलाई आग्रह गर्दछु”, उनले भने ।

कोरोनालाई हेल्चेक्रेयाइँ नगर्न भन्दै कोरोनाको लक्षणहरु देखिएमा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरप्रमुख बस्यालले सबैमा अनुरोध पनि गरे ।

Share This:
सम्बन्धित खबर
Loading...