ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

230

डोटी । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी ट्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...