मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित वृद्धको मृत्यु

113

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् ।

उनमा असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए ।

उनको उपचारका क्रममा सोमबार राति ८ः१० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको उनले जानकारी दिए ।a

Share This:
सम्बन्धित खबर
Loading...