कोरोना संक्रमणबाट अर्घाखाँचीका ७९ वर्षीया महिलाको मृत्यु

164

अर्घाखाँची । सन्धिखर्क नगरपालिका –४ वाङ्ला निवासी एक महिलाको कोरोनाको संक्रमणका कारण सोमबार अपराह्न मृत्यु भएको छ ।

पोखरा निवासी ७९ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या आएपछि सोमबार बिहान उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल लगिएकामा लुम्बिनी अञ्चल अस्पताल बुटबलमा मृत्यु भएको स्थानीयवासी रामजी भट्टराईले बताए ।

उपचारका सिलसिलामा गरिएको कोरोना परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको थियो । काठमाडौंमा बसोबास गर्ने उनको परिवार दसैँ मनाउन दुई हप्ताअघि आफ्नो घरमा आएको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...