कोरोना संक्रमणबाट धादिङका पुरुषको सुमेरु अस्पतालमा मृत्यु

117

धादिङ । कोरोना भाइरस संक्रमणका कारण धादिङबेँसीका एक युवकको मृत्यु भएको छ ।

निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका–३ का २२ वर्षीय युवकको यही असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको सोमबार बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै धादिङका सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...