सप्तरीमा कोरोना संक्रमणबाट ६७ वर्षीया महिलाको मृत्यु

124

सप्तरी । यहाँ आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुर्ख्यौली घर भई हाल राजविराज नगरपालिका–६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ का वडाध्यक्ष प्रेम यादवले बताए ।

पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बस्दै आएकी उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो । यससमेत सप्तरीमा कोरोनाबाट तीन महिलासहित २१ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...