प्रदेश एकमा थप ५५२ जनामा कोरोना संक्रमण पुष्टि

129

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ मा थप ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सङ्ख्या अहिलेसम्मकै उच्च रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ६ सय ४२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९४ महिला र ३ सय ५८ पुरुष गरी कूल ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा सुनसरीका ३ सय १०, मोरङका १ सय ९०, झापाका २६, उदयपुरका पाँच, धनकुटा र सङ्खुवासभाका चार÷चार, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गाका एक÷एक जना र प्रदेश बाहिरका नौ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीका धरानमा ९१ महिला र १ सय २९ पुरुष गरी कूल २ सय २०, इटहरीमा ५०, इनरुवामा २१, दुहवीमा सात, रामधुनीमा छ, बराहक्षेत्रमा तीन, देवानगञ्ज, भोक्राहानरसिंह र गढीमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । त्यस्तै मोरङको विराटनगरमा १ सय ४५, बुढीगङ्गामा १३, सुन्दरहैचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा तीन÷तीन, रङगेली, पथरीशनिश्चरे, ग्रामथानमा दुई÷दुई , केराबारीमा एक र स्थानीय तह नखुलेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

यसैगरी झापाको विर्तामोडमा आठ, दमकमा सात, मेचीनगरमा छ, भद्रपुरमा तीन, कनकाई र गौरादहमा एक÷एक, उदयपुरको त्रियुगामा चार, स्थानीय तह नखुलेका एक, धनकुटाको साँधुरीगढीमा तीन, स्थानीय तह नखुलेका एक, सङ्खुवासभाको खाँदबारीमा चार, खोटाङको खोटेहाङमा एक, इलामको इलाममा एक, ताप्लेजुङमा एक र ओखलढुङ्गामा एक जना तथा प्रदेश बाहिरका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो प्रदेशमा हालसम्म नौ हजार ८ सय ९२ जना कोरोना संक्रमित छन् । शनिबार ११ जना उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या चार हजार ७ सय ८६ पुगेको छ । अहिलेसम्म एक लाख ३६ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...