गण्डकीमा आज थप ३१ जनामा कोरोना पुष्टि, संक्रमणबाट दुईको मृत्यु

112

गण्डकी । गण्डकी प्रदेशमा शनिबार ३१ जना कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

थपिने संक्रमितमा बाग्लुङका ११, कास्कीका १०, तनहुँका ६, गोरखाका तीन र तनहुँका एक जना रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमित चार हजार ६ सय ४८ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...