सप्तरीका कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु

220

सप्तरी । सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उनको काठमाडौंमा कोरोना पोजिटिभ देखिएको रुपनी–१ का सन्तोष यादवले जानकारी दिए । काठमाडौं मेडिकल कालेजमा ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् ।

यससँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या २० जना पुगेको छ । जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षकको कार्यभार सम्हाल्न आएका ३६ वर्षीय पुरुषसहित पाँच जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि सरुवा भएर काठमाडौं गएका प्रनाउ कोरोना संक्रमणबाट मुक्त भएपछि नयाँ प्रनाउ राजविराज आएका हुन् । यसैगरी, शुक्रबार अन्य संक्रमित हुनेमा राजविराज नगरपालिका–१ का ५६ वर्षीय, राजविराज वडा नखुलेको ५६ वर्षीया र ६५ वर्षीय तथा सुरुङ्गा नगरपालिकाको वडा नखुलेका ४५ वर्षीय संक्रमित भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

योसँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या १ हजार ३ सय ६३ पुगेको छ । ती मध्ये १ हजार १ सय ३ जना निको भएका छन् । हाल जिल्लामा सक्रिय सङ्क्रमित २ सय ४० जना रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...