उपत्यकामा तीन जनाको मृत्य, थपियो १,४०९ नयाँ संक्रमित

132

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ४ सय ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा एक हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ संक्रमित थपिएका छन् । योसँगै काठमाडौं उपत्यकामा कोराना संक्रमितको सङ्ख्या ३३ हजार ७ सय ७१ पुगेको छ ।

संक्रमितको सङ्ख्या काठमाडौंमा ३० हजार ४ सय ९७, ललितपुरमा चार हजार १ सय ७४ तथा भक्तपुरमा तीन हजार ४९ पुगेको छ ।

यस्तै, पछिल्लाे २४ घण्टामा काठमाडौका ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष तथा ललितपुरका ८४ वर्षीय पुरुष गरी ३ जनाकाे मृत्यु भएकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...