कोरोना संक्रमितको सङ्ख्या एक लाख नाघ्यो, २४ घण्टामा २,०५९ संक्रमित

142

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको सङ्ख्या एक लाख ६ सय ७६ पुगेको छ ।

हाल देशभर २७ हजार ५३ जना सक्रिय संक्रमित छन् । देशभर ११ हजार १ सय ७६ जना संस्थागत आइसोलेसनमा तथा १५ हजार ८ सय ७७ जना होम आइसोलेस नमा रहेका स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसहित नेपालमा हालसम्म ११ लाख ४५ हजार २ सय ३७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

हाल देशभर चार हजार ३ सय ७ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६ सय ८० संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै देशभर ७३ हजार २३ संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...