कुलेखानीबाट नियमित उत्पादन हुँदै आएको दैनिक १०६ मेगावाट विद्युत‍्लाई निरन्तरता दिइने

131

मकवानपुर । चाडपर्वलाई ध्यानमा राखी कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक १ सय ६ मेगावाट विद्युत‍्लाई निरन्तरता दिइने भएको छ ।

चाडपर्वमा उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखेर १ सय ६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी जलविद्युत् प्रथम आयोजनाले जनाएको छ । बागमती प्रदेशको मकवानपुरमा स्थापित सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कूल १ सय ६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणको निर्देशनानुसार, आयोजनाको नियमित विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी प्रथम आयोजनाका प्रमुख धीरेन्द्र चौधरीले बताए ।

नेपाल विद्युत् प्राधिकरणले मौसम अनुसारको विद्युत‍्मा खपत घटबढ भइरहने हुँदा उत्पादनमा कटौती हुने गरेकाले अबदेखि पूर्ण क्षमता अनुसार विद्युत् उत्पादन हुने पनि आयोजना प्रमुख चौधरीले जानकारी दिए ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित इन्द्रसरोवर जलाशयमा असोज असोज २२ गते अपराह्न ३ बजेसम्ममा १५२६.५६ सेन्टीमिटर पानीको सतह रहेको भएपनि करिब ७ किलोमिटर लामो जलाशयमा अझै पाँच मिटर उचाइको पानी भर्न बाँकी रहेको कुलेखानी जलविद्युत नियन्त्रण कक्षका प्राविधिक रामकुमार चौधरीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...