कोरोना संक्रमणबाट निको हुने दर ७६ दशमलव ९ प्रतिशत

125

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण देखिएको हो । आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् । अहिलेसम्म एक लाख ३१ हजार २ सय २२ जना निको भएका छन् । निको हुने दर ७६.९ प्रतिशत रहेको छ ।

संक्रमितमध्ये नौ सय ७६ महिला र एक हजार ५ सय ३२ पुरुष रहेका छन् । शनिबार देखिएका संक्रमितसँगै संक्रमण हुनेको संख्या एक लाख ७० हजार ७ सय ४३ पुगेको छ भने सक्रिय संक्रमित ३८ हजार ५ सय ८४ पुगेका छन् ।

काठमाडौमा उपत्यकामा शनिबार एक हजार ३५७ जना संक्रमित देखिएका छन् ।

यस्तै भेन्टिलेटरमा प्रदेश नम्बर १ मा नौ जना, बागमति प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा तीन जना, लुम्बिनी प्रदेशमा चार जना र सूदुरपश्चिम प्रदेशमा एक जना उपचार गराइरहेका छन ।

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ, रुपन्देही र कैलाली छन् । शून्य संक्रमित भएका जिल्लामा मुस्ताङ, मनाङ र बाजुरा रहेका छन् ।

सत्रको मृत्यु
यसैगरी आज १७ जनाको संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ९ सय ३७ जनाको संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । संक्रमणबाट निधन हुने कूल संक्रमितको ०.५ प्रतिशत रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...