राससका महाप्रबन्धकलाई कोरोना संक्रमण

145

काठमाडौं । राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । महाप्रबन्धक शर्मा होम आइसोलेसनमा छन् ।

स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू संक्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् ।

स्वास्थ्य मापदण्ड पालना गर्दै उनी नियमित कार्यालयमा उपस्थित थिए । महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै संक्रमण पुष्टि भएको छ र उनी पनि होम आइसोलेसनमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...